Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

मेरो माइक्रोफाइनान्सद्धारा सुन्दरादेवी विद्यालयका विद्यार्थीलाई सहयोग

२०७६ असार १९ गते

बैंकिङ खबर । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले बिदुर नगरपालिका १३ स्थित सुन्दरादेवी आधारभूत बिद्यालयका छात्रछात्रहरुलाई शैक्षिक सामाग्री बितरण गरेको छ । बिद्यालयमा बिहिबार आयोजित कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य धनमाया तामाङ, बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष आङतासी तामाङ र प्रधानाध्यापक रामकुमार खड्काले संयुक्त रुपमा सामग्री बितरण गरेका हुन् । बिद्यालयमा कक्षा नर्सरीदेखि ५ सम्म अध्ययनरत ५७ जना छात्रछात्राहरुलाई सामग्री प्रदान गरिएको हो ।

हस्तान्तरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष तामाङले लघुवित्तले गरेको सहयोगप्रति आभार प्रकट गर्दै सहयोगको सही सदुपयोग हुने प्रतिवद्धता जनाइन् । आर्थिक अवस्थाले जेलिरहेका परिवारहरु तथा बालबालिकाहरुलाई लघुवित्तको सहयोगले प्रत्यक्ष लाभ भएको उनले बताइन् ।

बट्टार अनुगमन कार्यालयका अनुगमन अधिकृत सरोज पण्डितले संस्थाले नुवाकोटमै कर्पोरेट कार्यालय स्थापना गरी देशका बिभिन्न दुर्गम तथा नगर क्षेत्रका परिवार वा बासिन्दाहरुलाई वित्तीय साक्षरता मार्फत आर्थिक उत्थानको लागि सकारात्मक प्रभाव पारेको उल्लेख गरे ।

माइक्रोफाइनान्सको रातमाटे शाखाले बुधबार पनि साबिकको तारकेश्वर ३ मा स्थित नमुना जागृती आधारभूत बिद्यालयका ६५ जना छात्रछात्राहरुलाई शैक्षिक सामाग्री प्रदान गरेको थियो ।

Ad