Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था छैटौं बर्षमा प्रवेश

२०७६ असार १९ गते

बैंकिङ खबर । नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाले कञ्चनपुरको बेदकोट ७ स्थित श्री बैजनाथ धामको जेष्ठ नागरिक सेवा केन्दिका जेष्ठ नागरिकहरुलाई सहयोग गरेको छ । आफ्नो स्थापनाको पाँचौ बर्ष पुरा गरि छैटौं बर्षमा प्रवेश गरेको उपलक्ष्यमा संस्थाले आश्रमका २३ जना जेष्ठ नागरिकहरुलाई फलफुल तथा खानेकुरा सहयोग गरेको हो ।

संस्थाले आफ्ना शाखा कार्यलय मार्फत देशका ३८ जिल्लामा सेवा बिस्तार गरी करिव ८० हजार विपन्न तथा मध्यम बर्गिय परिवारमा वित्तीय सेवा पु¥याएको छ । संस्थाले सेवाको छैटौ बर्षमा प्रबेश गरेको अवसरमा आफ्ना ग्राहक बर्गलाई मोवाइल बौंकिङ तथा एस एम एस सेवाको सुरुवात गरेको जनाएको छ ।

Ad