बैंकिङ खबर । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले महिला केन्द्र निर्माणको लागि सहयोग रकम हस्तान्तरण गरेको छ । संस्थाको काठमाडौँस्थित मनमैजु शाखाद्धारा प्रवद्र्धित शिवपुरी महिला केन्द्रलाई एक कार्यक्रमका बीच ३० हजार रुपैयाँ सहयोग रकम हस्तान्तरण गरिएको हो ।
रकम हस्तान्तरण कार्यक्रममा शाखा प्रबन्धक रमिला श्रेष्ठले ग्रामिण तथा शहरोन्मुख इलाकामा बसोबास गरिरहेका महिलाहरुको समूहमार्फत कार्य गर्दा आर्थिक तथा सामाजिक बिकासमा परिवर्तन आएको बताइन् ।
मनमैजु शाखाका अनुगमन अधिकृत कमल घिमिरेले संस्थाले आफ्ना ग्राहकहरुको हितमा रहि बिभिन्न सहयोग गर्दै आएको जानकारी दिए ।
कार्यक्रममा शिवपुरी महिला केन्द्रका केन्द्र प्रमुख ज्ञानु तामाङले लघुवित्तमार्फत समूहमा आबद्ध भएर महिलाहरुलाई बिभिन्न ब्यावसायिक क्रियाकलापलमा लाग्नुपर्छ भन्ने आभास भएको उल्लेख गर्दै आफू र परिवारलाई पनि आर्थिक दृष्टिकोणले पनि सहयोग पुगेको बताइन् ।
नुवाकोटको बट्टारमा कर्पोरेट कार्यालय रहको मेरो माइक्रोफाइनान्सले देशका ५२ जिल्लामा ९६ शाखा कार्यालय मार्फत सेवा दिइरहेको छ ।