बैंकिङ खबर । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको बारास्थित सिम्रौनगढ शाखाले आफुसँग कारोबार गर्दै आएकी सदस्यको मृत्यु उपरान्त बीमा रकम हस्तानान्तरण गरेको छ ।
आदर्श कोतवाल गाउँपालिका वडा नं. ६ पटेर्वा निवासी संझा देबीको कालगतीले मृत्यु भएपछि शाखा प्रमुख हसमुदिन मिया मृतकका पति सुरेन्द्र ठाकुर लोहारलाई चार लाख २० हजार रकम हस्तान्तरण गरेका हुन् ।
हाल सम्म यस शाखाले ३० जनालाई रु. २४ लाख ६२ हजार १ सय २९ रकम बितरण गरिसकेको छ ।