बैंकिङ खबर । आठौँ स्थापना दिवसको अवसर पारेर सूर्योदय लघुवित्तले वृद्धवृद्धा तथा अनाथ वाकिालिकालाई खाद्यान्न, लत्ताकपडा र फलफूल वितरण गरेको छ । लघुवित्तले एक कार्यक्रमको आयोजना गरी गल्याङ्ग नगरपालिका वडा नं. ११ स्थित रामनदिधामको शिव पार्वती वृद्धाश्रमका वृद्धवृद्धा र फेदिखोला गाउँपालिका वडा नं. १ स्थित अमोर सेवा नेपालका अनाथ वालवालिकालाई सहयोग स्वरुप उक्त सामानहरु वितरण गरेको हो ।