Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

मंगलबार नेप्सेमा २.२३ अंकको गिरावट

२०७६ असार ३ गते

बैंकिङ खबर । शेयर बजारमा पछिल्लो समय निरन्तर उत्तारचढाव हुने थालेको छ । केही दिन यता लगातार ओरालो लागेको बजारमा सोमबार सामान्य सुधार आएको भएता पनि मंगलबार भने पुन गरावट देखिएको हो ।

मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज २.२३ अंकले घटेर १२५८.६६ को विन्दुमा कारोबार बन्द भएको छ ।

गत जेठ ५ गते १ अर्ब भन्दामाथिको सेयर कारोबार भएकोमा असार लागे यता दिन प्रतिदिन कारोबारमा गिरावट आएको छ । आज बजारमा कुल १ सय ७७ कम्पनीको १२,२६,६८६ बित्ता शेयर खरिद बिक्री हुँदा ३५ करोड ९४ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

कारोबारको आधारमा भने यस दिन सबैभन्दा बढी कारोबार ताँरागाँऊ रेजेन्सी होटलको भएको छ । जसको कारोबार ४ करोड २४ लाख ५६ हजार रुपैयाँ बराबरको भएको हो ।

त्यस्तै सबैभन्दा बढी कमाउनेमा गुँरास लघुवित्त वित्तीय संस्था लिमिटेडका सेयरधनीहरु रेहेका छन् भने सबैभन्दा बढी गुमाउनेमा समता लघुवित्त वित्तीय संस्था लिमिटेडका सेयरधनीहरु रहेका छन् । नेप्सेमा सूचिकृत ११ समूहमध्ये ३ समूहको उपसूचकमा बृद्धि भएको छ भने अन्य सबै समूहको उपसूचकमा गिरावट आएको छ । उपसूचक बृद्धि हुने समूहमा बैंकिङ्ग ०.०४ प्रतिशत, विकास बैंक ०.०९ प्रतिशत र माईक्रोफाइनान्स ०.३४ प्रतिशत रहेका छन् ।

Ad