बैंकिङ खबर । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको सल्यान स्थित श्रीनगर शाखाले वित्तीय साक्षरता सम्बन्धी त्यसै बस्नु भन्दा कर्जा लिएर उद्यमी बन्नु बेस बिषयक बादबिबाद कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले शारदा नगरपालिका –१२ मुलडाडाँको श्री शिव माध्यामिक विद्यालय र शारदा नगरपालिका –१ को शिवजन माध्यमिक विद्यालयका कक्षा ९ र १० का २०० जना विद्यार्थी तथा शिक्षकको सहभागितामा कार्यक्रम सम्पन्न गरेको हो ।
संस्थाले विद्यार्थी वर्गलाई लक्षित गरेर कर्जा सदुपयोगिता र वित्तीय संस्थाको भूमिका विषयलाई जोड दिँदै जनचेतनामूलक कार्यक्रम गरेको हो । कर्जा बचत, बीमा तथा बिप्रेषण सेवामात्र नभएर समुदायमा बसोबास गर्ने हरेक मानिस स्वास्थ्य, शिक्षा लगायतको कुरामा सचेत हुनुपर्ने सोच सहित सो कार्यक्रमको आयोजना गरेको हो ।
प्रतियोगितामा आफ्नो तर्क प्रस्तुत गर्दै सहभागिले कर्जा सदुपगोगिता गर्न सके बरदान सावित हुने भनाई राखेका थिए । उद्यमी उत्पादनमा वित्तीय संस्थाको एकदमै महत्तवपूर्ण भूमिका रहेको भन्दै कर्जा सदुपयोगिताको निरीक्षणमा विद्यार्थीलाई पनि प्रशिक्षित गरी प्रयोग गर्न र वित्तीय संस्थाले चाहे आफुहरु पनि वित्तीय चेतनाको अभियनताको रुपमा काम गर्न सक्ने उनीहरुको भनाई थियो ।
कार्यक्रमको समापनमा बोल्दै सहभागी विद्यार्थीहरुले आफुहरुले एकदमै जीवनउपयोगी शिक्षा पाएको बताए । विद्यालयका शिक्षकहरुले वित्तीय संस्थाले नयाँ विषयवस्तुमा विद्यार्थीलाई ज्ञान दिएर उदाहरणीय काम गरेको भन्दै आगामी दिनमा पनि सहकार्य गरी अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरे ।