Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

मिर्मिरे लघुवित्तद्धारा वित्तीय साक्षरता र जनचेतना कार्यक्रम सम्पन्न

२०७६ जेष्ठ २३ गते

बैंकिङ खबर । मिर्मिरे लघुवित्त शाखा कार्यालय थारमारे र श्रीनगर सल्यानले नेपाल प्रहरी र स्थानीय तहसँगको सहकार्यमा वित्तीय साक्षरता र समुदाय प्रहरी साझेदारी जनचेतना कार्यक्रम सम्पन्न गरेको छ । शारदा नगरपालिका वडा नं. १ का नवराज बुढाथोकी, इलाका प्रहरी कार्यालयका थारमारेका प्रमुख लिला भक्त बादे र श्रनिगर इलाका प्रहरी कार्यालयका प्रमुख मिन बाहादुर खडकाको आतिथ्यता एवम् १०० जना महिलाहरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा समाजमा घट्ने विभिन्न खालका घटना, महिला हिंसाका, बलत्कार, बैंकिङ्ग कसुर साथै समुदायले कसरी प्रहरीसँग सहकार्य गरेर अगाडी बढ्ने भन्ने विषयमा छलफल गरिएको थियो । त्यस्तै, वित्तीय साक्षरताको महत्व, उद्देश्य, आम्दानी खर्च, बीमा, विप्रेषण सेवा, बजेट, वित्तीय अनुशासन, कर्जा सदुपयोगिता आदिको बारेमा छलफल साथै फोटो तथा अन्य श्रव्य सामाग्री प्रदर्शनी मार्फत जनचेतनामुलक कार्यक्रम गरिएको थियो । महिला हिंसा न्यूनिकरण, उद्यमशीलतामा लघुवित्तको भूमिकाका विषयमा पनि कार्यक्रममा चर्चा गरिएको थियो ।

वडा अध्यक्ष नबराज बुढाथोकिले गाँउघरमा यस्ता कार्यक्रमको आवश्यकता महशुस भएको र वित्तीय संस्थाले पनि आउँदा दिनमा स्थानीय तहसँग सहकार्य गरी अगाडि बढ्न र सदस्यहरुलाई पनि क्षमता अनुसार कर्जा उपभोग गर्न सुझाव दिए । प्रहरीका प्रतिनिधिले वित्तीय संस्थाले गरेको अगुवाई प्रभावकारी भएको भन्दै आउँदा दिनमा वित्तीय साक्षरता लाई पनि अझै प्रभावकारी तरीकाले अगाडि बढ्ने साथै सशक्त सहकार्यको अपेक्षा लिएको उनले बताए ।

कार्यक्रममा अत्तरीया क्षेत्रीय प्रबन्धक शुशिल कुमार बुढा, केन्द्रीय कार्यालयका बिकल काफ्ल लगायतको उपस्थीति रहेको थियो

Ad