Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

स्पर्स लघुवित्तको त्रैमासिक समिक्षा गोष्ठि सम्पन्न

२०७६ जेष्ठ २१ गते

बैंकिङ खबर । स्पर्स लघुवित्त वित्तीय संस्थाले सञ्चालनमा रहेको २० वटा शाखाहरुको आर्थिक वर्ष २०७५/०७६ को तेश्रो त्रैमासिक समिक्षा र आर्थिक वर्ष २०७६/०७७ को बजेट तथा कार्यक्रम तर्जुमा गोष्ठि सम्पन्न गरेको छ । चितवनको सौराहामा जेष्ठ १८ देखि २० गतेसम्म भएको उक्त कार्यक्रमलाई वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत सजल खड्काले उद्धघाटन गरेका थिए ।

यस क्रममा शाखा प्रबन्धकहरुले कार्य विस्तारका क्रममा भोगेका समस्या, चुनौति, भावि रणनीतिहरु तथा आ.व. २०७६/०७७ को योजना तथा बजेट प्रस्तुत गर्दै शाखाको लक्ष्य अनुसारको प्रगती हासिल गर्ने प्रतिबद्धता जनाएका थिए ।

कार्यक्रमको दोस्रो दिन वित्तीय संस्थामा संचालित सफ्टवयेर कम्पनी सिनर्जी टेकका टेक्नोलोजी हेड सुरेश चन्दले सफ्टवयेरमा देखिएका समस्या तथा जिज्ञासाको समाधान गरेका थिए । साथै सोही दिन बैकिङ क्षेत्रमा लामो समयको अनुभव रहेका प्रकाश पोखरेलले सहभागी सम्पुर्णलाई आफ्नो जिवन र कामलाई सन्तुलन गदै कसरी लक्ष्यमा सफलता प्राप्त गर्न सकिन्छ भन्ने उत्प्रेरणादाही भनाई राखेका थिए ।

कार्यक्रमको समापन क्रममा वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत सजल खड्काले वित्तीय संस्थाले हाल भोगेको समस्या तथा अवसरहरुको बारेमा जानकारी गराएका थिए । त्यस्तै, उनले वित्तीय संस्थाको यस आ.व.को लक्ष्य र आउँदो आ.व.को लक्ष्य प्राप्तीका रणनीति सँगै सफलताको शुभकामना दिएका थिए ।

Ad