बैंकिङ खबर । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको थारमारे शाखाले विभिन्न जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । लघुवित्तले सल्यानको बागचौर नगरपालिका –१ कोटबेतस्थित श्री न्यायघाट आधारभूत विद्यालयका विद्यार्थीहरुलाई समेटेर चित्रकला प्रतियोगिता र हात धुने प्रक्रियाका बारेका जनचेतना कार्यक्रम सम्पन्न गरेको छ भने बागचौर नगरपालिका –२ को जनकल्याण मा.विका कक्षा ९ र १० का १०० जना विद्यार्थिको सहभागितामा वित्तीय साक्षरता र सामाजिक संजालको सदुपयोगिता विषयक जनजेतना मुलक कार्यक्रम सम्पन्न गरेको छ ।
संस्थाले कर्जा बचत, बीमा तथा बिप्रेषण ‘सेवा मात्र नभएर समुदायमा बसोबास गर्ने हरेक मानिस स्वास्थ्य, शिक्षा लगायतको कुरामा सचेत हुनुपर्ने सोच सहित सल्यान जिल्लाको थारमारेमा विशेष गरी विद्यार्थी वर्गमा सचेतना कार्यक्रम संचालन गरेको हो । जसअन्तर्गत बचत, बीमा, बैंकको प्रकार, कर्जा, खर्च, विप्रेषण र पैसाको व्यवस्थापनको बारेमा सचेतना कक्षा सञ्चालन गरिएको थियो ।
आगामी दिनहरुमा यस्ता जनचेतनामूलक कार्यक्रमहरु संचालन गर्दै जाने प्रतिवद्धता लघुवित्तले जनाएको छ ।