बैंकिङ खबर । स्याङ्जाको भीरकोट नगरपालीकास्थित बयरघारीमा केन्द्रीय कार्यालय रहेको आँधिखोला लघुवित्त वित्तीय संस्थाले रुपन्देही जिल्लाको भलवारीमा शाखाको प्रथम केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
गोष्ठीमा सहभागी सदस्यहरुमा प्रश्न तथा सुझावहरुको सम्बोधन गर्दै संस्थाका सीईओ डोलराज केसीले नाफा कमाउनेतर्फ मात्र नभई सदस्याको हितलाई समेत ध्यानमा राखेर कार्यक्रमहरु अगाडी लैजाने प्रतिवद्धता व्यक्त गरेका छन् ।
नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकका सीईओ राजन प्रसाद खनालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा युनियन लाइफ इन्स्योरेन्सका प्रदेश प्रमुख भोजराज कुँवरको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा शाखा प्रमुख जमुना अधिकारीले शाखाको प्रगति विवरण प्रस्तुत गरेकी थिइन् भने प्रवन्धक वावुराम कुवँरले वित्तीय साक्षरतासम्बन्धी सहजीकरण गरेका थिए ।