Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

चालू आर्थिक वर्षमा कालिका लघुवित्तको ३० गोष्ठी सम्पन्न

२०७६ जेष्ठ २० गते

बैंकिङ खबर । स्याङ्जामा केन्द्रीय कार्यालय रहेको कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले यस आर्थिक वर्षको योजना अनुसारको ३० वटा शाखा कार्यालयमा केन्द्र प्रमुख तथा उप प्रमुखहरुको गोष्ठी कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले पाल्पा, स्याङ्जा, पर्वत, कास्की, तनहुँ, गोरखा, धादिङ, मकवानपुर नवलपुर, रुपन्देही लगायतको जिल्लामा रहेका ३० वटा शाखाहरुमा गोष्ठी सम्पन्न गरेको हो । आइतबार अन्तिम २ वटा कार्यक्रम बुटवलको योगिकुटी र सैनामैनाको रानीबगियामा कार्यक्रम सकाएको हो ।

कार्यक्रमबाट आगामी दिनमा कस्तो खालको कार्यक्रमहरु सदस्यहरुको लागि ल्याउने भन्ने विषयमा आफूहरु प्रष्ट भएको संचालक समितिका सदस्य कृष्णकाजी केसीले बताए । अर्का सञ्चालक नित्यानन्द तिवारीले यस किसिमको कार्यक्रमले सदस्यहरुसँग सदस्यको सामिप्यता बढेको बताए ।

संस्थाले सदस्यहरुको भावना अनुसार कार्यक्रमहरु सञ्चालन गर्नको लागि कुनै कसर नराख्ने र सदस्यमैत्री कार्यक्रम सञ्चालन गर्दै जाने संस्थाका अध्यक्ष कृष्ण खाँणले जानकारी गराए । कार्यक्रमको समिक्षा गरेर गोष्ठीबाट आएका कुराहरु एक एक केलाउँदै आगामी आर्थिक वर्षको कार्यक्रम तथा योजनाहरु बनाउने योजना रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत मिन बहादुर बोहराले बताए ।

सदस्यहरुले संस्थाको कार्यक्रमले संस्थाको जोखिम व्यवस्थापनमा पनि महत्वपुर्ण भुमिका खेलको संस्थाका जोखिम व्यवस्थापन विभाग प्रमुख राजेश श्रेष्ठले जानकारी गराए ।

प्रतिस्पर्धात्मक बजारमा सदस्यहरुको गुनासो तथा सुझाव अनुसारले कार्यक्रम तथा नीतिहरु बनाउन धेरै सहयोग भएको र सदस्यहरु उत्साहित रहेको र सकारात्मक सुझावहरु आएको कार्यक्रम संयोजक याम प्रसाद अर्यालले बताए ।

मृतक ग्राहकका परिवारलाई बीमा रकम हस्तान्तरण
यसै बिच अन्तिम गोष्ठीका क्रममा गजेडी शाखा कार्यालयका सदस्य अनारकली थारुको मृत्यू भएको हुँदा निजको श्रीमानलाई रु.एक लाख पन्चानब्बे हजार रुपैंया बीमा बापतको रकम हस्तान्तरण गरेको छ । कार्यक्रमका प्रमुख अतिथि एवं संस्थाका संचालक समितिका सदस्य कृष्णकाजी केसीले मृतक सदस्यका श्रीमान प्रहलाद थारुलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका थिए ।

Ad