बैंकिङ खबर । विजय लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०७५।०७६ को समिक्षाको साथै आगामी आर्थिक वर्ष २०७६।०७७ को कार्यक्रम तथा वजेट तर्जुमा कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । मध्यपश्चिम क्षेत्रका १९ शाखाका १९ शाखा प्रमुखहरुको साथै केन्द्रीय कार्यालयको अनुगमन अधिकृतहरुको सहभागितामा गोष्ठी सम्पन्न भएको हो ।
कार्यक्रमको औपचारिक उद्घाटन गर्दै संस्थाका नायव कार्यकारी अधिकृत नारायण सापकोटाले संस्थाको हालसम्मको प्रगतिको साथै आगामी वर्षको भावी रणनीतिको बारेमा जानकारी गराए ।
कार्यक्रममा सबै शाखा कार्यालयको शाखा प्रमुखहरुले आ आफ्नो शाखा कार्यालयको चालु आ.व.को तेस्रो त्रेमाससम्मको लक्ष्य प्रगति र आगामी आ.व.को कार्यक्रम बजेट सम्बन्धमा प्रस्तुतीकरण गरेका थिए ।
हालसम्म संस्थाले ५७ वटा शाखा कार्यालयहरु मार्फत ४८ हजार भन्दा बढी विपन्न परिवारमा पुगेको छ । हाल सम्म संस्थाको लगानीमा रहेको कर्जा २ अर्व ७४ करोड र बचत ६१ करोड भन्दा बढी सदस्यहरुबाट संकलन गर्न सफल भएको छ ।