बैंकिङ खबर । आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले संस्थाका आफ्ना २० जना शाखा प्रमुखहरुको सहभागितामा दुई दिने कार्यक्रम समीक्षा, योजना तथा बजेट तर्जुमा गोष्ठी तथा तालिम सम्पन्न गरेको छ ।
कार्यक्रममा शाखा प्रबन्धकहरुले २०७५ चैत्र मसान्तसम्मको कार्य प्रगति तथा आ.व. २०७६।०७७ को योजना पेश गरे भने सहभागीहरुलाई ब्यवस्थापन सीपहरु, शाखा प्रमुखहरुको भूमिका तथा जिम्मेवारी, वित्तीय साक्षरता, बचत परिचालन, बचतको महत्व, बचत वृद्धिका उपायहरु, कर्जा सदुपयोगिता यसको महत्व तथा कर्जा सदुपयोगिता निरीक्षण प्रक्रिया, लघुविमा अवधारणाको महत्व तथा यसबाट ग्रामीण क्षेत्रका सदस्यहरुलाई फाइदा आदि विषयहरुमा प्रशिक्षण दिइएको संस्थाका असुली विभाग प्रमुख हरि प्रसाद सापकोटाले जानकारी दिए ।
यस संस्थाले पूर्वका विकट १५ पहाडी जिल्लाहरुमा २० शाखा कार्यालयहरु स्थापना गरी विगत चार वर्षदेखि लघुवित्त सेवा प्रदान गर्दै गई रहेको छ । तालिममा सहभागीहरुलाई स्वागत गर्दै साथै कार्यक्रमको उद्देश्य बारेमा संस्थाको कार्यक्रम तथा योजना प्रमुख सन्तोष थापाले गरेका थिए । संस्थाले २०७५ चैत्र मसान्तसम्ममा करिब १५,००० घरपरिवारहरुमा सेवा विस्तार गरेको छ ।