Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

मृतकका परिवारलाई निर्धन उत्थान लघुवित्तले दियो बीमा रकम

२०७६ जेष्ठ ३ गते

बैंकिङ खबर । निर्धन उत्थान लघुवित्तको धरान ६ पानवारी स्थित पाचंकन्या शाखाले मृतक परिवारका सदस्यलाई बीमा रकम प्रदान गरेको छ । लघुवित्तको पूष्पलालमार्ग महिला स्वावलम्बी समुहकी सदस्य पदमा देवि तिवारीका श्रीमान चन्द्र बहादूर तिवारीको निधन भएपछि निज सदस्यलाई एक कार्याक्रमको बिच क्षतिपूर्ति बापतको रकम १२ हजार छ सय ५० रुपैयाँ प्रदान गरिएको हो । उक्त रकम मृतककी श्रीमती पदमा देवि तिवारीलाई शाखा कार्यालय पाचकन्या सहायक कर्मचारी चूडामणी पौडेलले प्रदान गरे ।

संस्थाले समुहका सदस्यले कर्जा लिए बापत बैकको बीमा नियम अनूसार सदस्यको कालगतीमा मृत्यू भए बापत १ सय ३० प्रतिशत र दुर्घटनामा मृत्यू भए बापत २ सय प्रतिशत क्ष्तिपूर्ति रकम साथै श्रीमानको मृत्यु भएमा १४ हजार क्षतिपूर्ति बापतको रकम दिने गरेको छ ।

लघुवित्तले विपन्न जनजाती र दलित परिवारका लक्षित वर्गलाई समेटि समूह गठन गरी ऋण प्रभाह मार्फत कार्यक्रम विूतार गर्दै महिलाहरुको जिवनस्तरमा परिवर्तन गरेकोमा समूहका सदस्यहरुले धन्यवाद दिँदै यस्तो कार्यले समूहका सदस्यको परिवारलाई राहत हुने धारण राखे ।

Ad