Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

प्रदेश २ का पत्रकारहरुका लागि धितोपत्र बजार सम्बन्धी प्रशिक्षण सम्पन्न

२०७६ जेष्ठ ३ गते

बैंकिङ खबर ।नेपाल धितोपत्र बोर्डले प्रदेश नं २ को राजधानी जनकपुरधाममा पहिलो पटक आर्थिक तथा धितोपत्र बजारसम्बन्धी तालिम/प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । बोर्डको आ.व. २०७५।७६ को वार्षिक कार्यक्रमअनुसार करिब ८५ जना पत्रकारहरुलाई उक्त तालिम प्रदान गरिएको हो ।

कार्यक्रममा बोर्ड अध्यक्ष डा. रेवत बहादुर कार्कीले बोर्डले यसअघि सर्वसाधारण लगानीकर्ता तथा स्थानीयहरुलाई मात्र सचेतना कार्यक्रम गदैं आएकोमा यस आ.व. देखि मोफसलमा पत्रकारिता गर्ने पत्रकारहरुलाई समेत प्रदेशगत तालिम प्रशिक्षण कार्यक्रम प्रदेश नं. २ बाट शुरुवात गरेको उल्लेख गरे । प्राथमिक बजारमा लगानीकर्ताले नेपालको कुना कुनाबाट सहभागी हुने अवसर प्राप्त गरिसकेको तथा धितोपत्रको दोस्रो बजारमा समेत नयाँ प्रणाली आए पश्चात शेयर कारोबार हुन सक्ने अवस्थालाई मध्यनजर गरी यो कार्यक्रमको आयोजना गरिएको उल्लेख गर्दै उनले पत्रकारहरुले आर्थिक समाचार संप्रेषण गर्दा विशेष ध्यान दिनुपर्ने विषयमा जोड दिए ।

Ad