Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

‘लघुवित्तको कर्जा उद्यम गर्नेहरुका लागि उर्जा हो’

२०७६ जेष्ठ २ गते

बैंकिङ खबर । चारतारे युवा क्लव सिवाईसी नेपालका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले लघुवित्तको कर्जा उद्यम गर्नेहरुका लागि उर्जा भएको बताएका छन् । साविक चारतारे युवा क्लव सिवाईसी नेपालको मुख्य प्रवद्र्धनमा स्थापित सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आ.व. मा सञ्चालित केन्द्र व्यवस्थापन तालिमको ७औं दिन अन्तर्गत संस्थाको शाखा कार्यालय बागलुङले आयोजना गरेको कार्यक्रममा पौडेलले उक्त कुरा बताएका हुन् ।

पौडेलले पछिल्लो समयमा लघुवित्त कार्यक्रम सिद्धान्त विपरीत अगाडि बढिरहेको बताउदै सदस्यहरु धैरै संस्थामा बस्ने सबैबाट ऋण निकाल्ने र त्यसको सदुपयोग नगर्ने खालका प्रवृत्तिले गर्दा गरिवी न्यूनीकरणका लागि सञ्चालित लघुवित्त कार्यक्रम गलत दिशामा गईरहेको बताउँदै पौडेलले आगामी दिनमा लघुवित्त कार्यक्रमलाई नयाँ र फरक शैलीबाट सञ्चालन गर्न आवश्यक रहेको बताएका थिए ।
कार्यक्रममा संस्थाकोे कुश्मिसेरा शाखाका प्रवन्धक रेनु खड्का, उत्कृष्ट केन्द्रहरुको तर्फबाट केन्द्र नं. ५१ का प्रमुख बसुन्धरा थापा, सफल उद्यमीहरुको तर्फबाट केन्द्र नं. ४३ का सदस्य मेनुका खड्का लगाएतले मन्तव्य राखेका थिए ।

केन्द्र व्यवस्थापन तालिमकै अवसरमा शाखा कार्यालय अन्तर्गत उत्कृष्ट प्रथम, द्धितीय र तृतीय केन्द्र, उत्कृृष्ट बचतकर्ता र उत्कृष्ट उद्यमी सदस्य सम्मान गरिएको थियो ।

लघुवित्त कार्यक्रमका केन्द्रहरुको गुणस्तर कमजोर भईरहेको पछिल्लो स्थितीलाई मध्यनजर गर्दै संस्थाले केन्द्रहरुको थप गुणस्तर बृद्धि र सुदृढिकरण गर्ने उद्देश्य साथ संस्थाले चरणवद्ध रुपमा तालिमहरु सञ्चालन गरिरहेको छ । शाखा कार्यालय अन्तर्गत रहेका केन्द्रहरुको गुणस्तरका आधारमा राम्रा, कमजोर र अति कमजोर गरी तिन वटा क्याटगोरी छुट्टयाई बैशाख २६ गतेबाट सञ्चालीत तालिमको पहिलो चरण जेठ २ गतेसम्म हुने संस्थाले जनाएको छ ।

तालिममा मुख्यतया केन्द्र के हो ? केन्द्रलाई व्यवस्थापन कसरी गर्ने, केन्द्रमा गर्नुपर्ने मुख्य कार्यहरु, केन्द्रमा हुनुपर्ने गुण र विशेषताहरु, केन्द्र व्यवस्थापनको महत्व, केन्द्र मुल्याङ्कन, मुल्याङ्कनका आधार र अंक, केन्द्रका पदाधिकारीको काम कर्तव्य र अधिकार र संस्थाद्धारा प्रदान गरिने सेवा सुविधाहरुको विषयमा नवनिर्वाचीत केन्द्र प्रमुख र उपप्रमुखलाई प्रशिक्षण गरिने संस्थाले जानकारी दिएको छ ।
तालिम कार्यक्रम संस्थाका अध्यक्ष पद्मनाथ शर्मा पौडेलको अध्यक्षता, शाखा कार्यालय बागलुङका प्रवन्धक विष्णु पौडेलको स्वागत र संस्थाको केन्द्रिय कार्यालयका प्रवन्धक संगिता शर्मा पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

Ad