Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

मिर्मिरे लघुवित्तको त्रैमासिक समिक्षा गोष्ठी तथा शाखा ब्यवस्थापन तालिम सम्पन्न

२०७६ बैशाख ३१ गते

बैंकिङ खबर । मिर्मिरे लघुवित्त वित्तिय संस्थाको क्षेत्रिय कार्यालय बनेपाको आयोजनामा क्षेत्रिय कार्यालय मातहतका ३६ वटा शाखाहरुको शाखा प्रबन्धक स्तरिय २ दिने त्रैमासिक प्रगती समिक्षा गोष्ठी तथा शाखा ब्यवस्थापन तालिम सम्पन्न गरेको छ । उक्त कार्यक्रमको उद्घाटन संस्थाका संचालक समिती अध्यक्ष टेक बहादुर वोहराले गरे ।

शाखा ब्यवस्थापन तालिम कार्यक्रममा प्रशिक्षिण दिदै प्रमुख कार्यकारी अधिकृत बिर्ख बहादुर बोहराले जोखिम पहिचान तथा निराकरण सम्बन्धमा कर्मचारीबर्गले खेल्नुपर्ने भूमिका बारे चनाखो रहन शाखा प्रबन्धकलाई निर्देशन दिएका थिए । जनशक्ति तथा प्रशासन विभाग प्रमुख लोमश भट्राईले मानव संसाधन ब्यवस्थापन सफ्टवेयर निम्बलको संचालन सम्बन्धमा र संस्थाका अधिकृत विकल काफ्लेले कर्मचारी उत्प्रेरणा सम्बन्धि तालिम पनि दिएका थिए ।

साथै मिर्मिरेले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैशाख २३ गते कैलालीको लम्कीचुहा, तिघ्रीटोल स्थीत बाल निकेतन आधारभुत प्रा. बिद्यालयका अति बिपन्न परिवारका विद्यार्थी बाल बालिकालाई पोषाक स्वरुप गराउन २५ हजार उपलब्ध गराएको थियो भने २७ गते रुकुमको चौरजहारी शाखा अन्तर्गत केन्द्र प्रमुख गोष्ठी तथा सेवाग्राही शशक्तिकरण कार्यक्रम सम्पन्न गरेको थियो ।

Ad