बैंकिङ खबर । कालिका लघुवित्त वित्तीय संस्थाको चापाकोट नगरपालिका ९ स्थित चापाकोट शाखाकार्यालयले कालिगण्डकी होटलमा ७० वटा केन्द्रका केन्द्र प्रमुखहरुको वार्षिक गोष्ठी सम्पन्न गरेको छ ।
अन्तरक्रिया एवं समिक्षा गोष्ठी कार्यक्रममा सहभागिहरुले उठाएका जिज्ञासा तथागुनासो एवं सुझावहरुमा योजना तथा अनुगमन विभाग प्रमुख याम प्रसाद अर्याल र कर्जा तथा जोखिम व्यवस्थापन विभाग प्रमुख राजेश श्रेष्ठले सहजिकरण गरेका थिए । श्रेष्ठले संस्थाकानयाँ बचत, कर्जा तथा सेवा सुविधाका कार्यक्रमहरुमा पनि प्रकाश पारेका थिए ।
कर्मचारीहरुले प्रतिज्ञा र सदस्यहरुले स्वावलम्बन गानाबाट शुरुभएको कार्यक्रममा सहभागिहरुले धेरै लघुवित्त संस्थाहरु बजारमा भएकोले वित्तीय अनुशासनमा आफै चनाखो हुनुपर्ने र त्यसमा संस्थाले सहयोग गर्नुपर्ने बताए ।
कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत मिनबहादुर बोहराले आगामी दिनमा सदस्यहरुलाई तालिम, सीप र क्षमताअभिबृद्धि हुने किसिमका कार्यक्रमहरुलाई प्रधानतादिने बताए ।