Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

उन्नति माइक्रोफाइनान्सले गर्यो शाखा ब्यवस्थापन तालिम

२०७६ बैशाख २९ गते

बैंकिङ खबर । उन्नत्ति माइक्रोफाईनान्स वित्तीय संस्थाले शाखा प्रवन्धक स्तरिय २ दिने शाखा प्रमुख स्तरीय पुनर्ताजगी तालिम तथा लक्ष्य प्रगति समिक्षा गोष्ठी शाखा ब्यवस्थापन तालिम सम्पन्न गरेको छ । कार्यक्रममा ३९ शाखा प्रमुख तथा केन्द्रिय कार्यलयका कर्मचारीको उपस्थिति रहेको थियो ।

कार्यक्रममा लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रेम बहादुर पाठक, आन्तरिक लेखा परीक्षण प्रमुख हरिहर गौतम, जनशक्ति तथा प्रशासन विभाग प्रमुख लाल बहादुर रावल, कर्जा र अनुगमन अधिकृत क्रमशः अर्जुन प्रसाद लम्साल , दामोदर सिग्देल , सुचना प्रविधि विभाग प्रमुख टोप बहादुर खड्काले सहभागीहरुलाई प्रशिक्षण दिएका थिए ।

संस्थाका जनशक्ति तथा प्रशासन विभाग प्रमुख विभाग प्रमुख लाल बहादुर रावलले संस्थाको नयाँ सेवा सुविधाहरु एवं कर्जा तथा शाखामा भएका कर्मचारी लगनशिल इमानन्दार परिणम मुखि हुनुपर्नेसाथै सहभागिहरुको अन्तरक्रिया एवं छलफलमा सहजिकरण गरेका थिए । उनले सदस्यहरुको शसक्तिकरण मात्र हैन सामाजिक र आर्थिक सवलिकरणको लागि संस्थाले काम गर्दै जाने बताए ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रेम बहादुर पाठकले कार्यक्रममा बजारमा लघुवित्त वित्तीय संस्थाहरु धेरै भएको अवस्थामा रोजेर छानेर र होसियार भएर मात्र सदस्य बनाउनकोलागि निर्देशन दिएका थिए साथै वित्तिय सस्थामा काम गर्ने भएकोले शाखा प्रमुख शाखाको व्यवस्थापक मात्र नभएर प्रशासक , अभिवावक,भएकोले भुमिका र जिम्मेवारी साथ उक्त कुरामा विशेष ध्यान दिनको लागि कर्मचारीहरुलाई निर्देशन दिएका थिए ।

शाखाको यस आर्थिक वर्ष २०७५ /७६ तेस्रो त्रैमास सम्मको प्रगति समिक्षा आन्तरिक लेखापरिक्षण विभागको विभागीय प्रमुख हरिहर गौतमले आन्तरिक लेखापरीक्षणमा देखिएका मेजर रिर्माकको बारेमा छलफल तथा सुधार गर्न सुझाव दिए ।
अनुगमन विभाग प्रमुख अर्जुन प्रसाद लम्सालले ेशाखा ब्यवस्थापन, शाखा व्यवस्थापनमा शाखा प्रवन्धकको भूमिका, भाखा नाघेको कर्जा ब्यवस्थापन, लघुवित्त संचालनका क्रममा आइपरेका समस्याको समाधान, कर्जा लगानी ब्यवस्थापन, आन्तरिक नियन्त्रण र आन्तरिक लेखा परिक्षण प्रणाली, अनुगमनका क्रममा देखिएका कैफियतहरु र ग्राहक सदस्यहरु संग गर्ने व्यवसायिक व्यवहार र सम्बन्ध लगायत विषयवस्तुमा प्रशिक्षण दिएको थियो ।

हालसम्म संस्थाले १५ जिल्लामा ३९वटा शाखा विस्तार गरी करिब३३ हजार विपन्न घरपरिवारलाई लघुवित्त सेवा प्रदान गदै आएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमास सम्ममा लघुवित्तले ५० करोड २९ लाख ७४ हजार रुपैयाँ निक्षेप संकलन गरेर १ अर्व ७५ करोड ४० लाख ९५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

Ad