बैंकिङ खबर । ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले आज (वैशाख २७ गते) बाट ५० प्रतिशत हकप्रद शेयर निष्काशन गरेको छ । संस्थाले १ः०.५ अनुपातमा ३२ लाख ७५ हजार कित्ता हकप्रद शेयर बिक्रीमा ल्याएको हो । यो हकप्रदमा प्रतिशेयर १ सय रुपैयाँको दरले जेठ ३० गतेसम्म आवेदन दिन सकिने छ ।
लघुवित्तले हाल कायम चुक्ता पँजी ६५ करोड ५० लाख रुपैयाँको ५० प्रतिशत हकप्रद शेयर जारी गरेको हो । हकप्रद बिक्रीपछि चुक्ता पुँजी ९८ करोड २५ लाख रुपैयाँ पुग्नेछ । हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गरेको छ ।