Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

विजय लघुवित्तद्धारा कृषि तथा पशुपालन तालिम सम्पन्न

२०७६ बैशाख २७ गते

बैंकिङ खबर । विजय लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालय माछागड बर्दियाले संस्थामा आवद्ध सदस्यहरुका लागि आयमुलक कृषि तथा पशुपालन तालिम सम्पन्न गरेको छ । संस्थामा आवद्ध सदस्यहरुलाई कर्जा उपभोग गरि उद्यमी बनाउनका लागि आयमुलक कृषि तथा पशु पालन तालिम दिएको हो ।

लघुवित्त संस्थाका कृषि प्राविधिक मिन बहादुर घर्तिको प्रशिक्षणमा सम्पन्न तालिममा ९५ जना सदस्यको उपस्थिति रहेको थियो । तालिम पश्चात सहभागिहरुले तालिम निकै फलदायी रहेको र यसले व्यवसायीक हुन प्रेरणा मिलेको बताए ।

कार्यक्रममा संस्थाको माछागड शाखाका शाखा प्रवन्धक दामोदर गुरुङको अध्यक्षता रहेको थियो । कार्यक्रममा उनले सहभागिहरुलाई कर्जा सदुपयोगीतामा ध्यान दिन आग्रह गरेका थिए ।

Ad