बैंकिङ खबर । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था बागलुङले संस्थामा आवद्ध सदस्यहरुका लागि २ दिने व्यवसायीक कुखुरा पालन तालिम सम्पन्न गरेको छ ।
तालिम कार्यक्रममा बोल्दै ईस्मा गाउँपालीका वडा नं. १ का अध्यक्ष चुडावहादुर खत्रीले संस्थाहरुले सदस्यहरुलाई ऋणमात्र दिनु भन्दा ऋणसंगै त्यस ऋणलाई सदुपयोग गर्नका लागि तालिम पनि दिनुपर्ने कुरामा जोड दिएका थिए । खत्रीले यस्ताखालका तालिमले संस्थाद्धारा लगानी भएको ऋण पनी सुरक्षीत हुने र सदस्यहरु पनि उद्यमी बन्ने धारण राखेका थिए । कार्यक्रममा तम्घास शाखाका प्रवक्ता टिका कुँवर लगाएतले मन्तव्य राखेका थिए ।
ईस्मा गाउँपालीकाका पशु प्राविधक नारायण जि.सीको प्रशिक्षणमा सम्पन्न तालिममा ३५ जना सदस्यहरुको उपस्थिती रहेको थियो । तालिम पश्चात सहभागिहरुले तालिम निकै नै फलदायी रहेको र यसले ब्याबसायीक हुन प्रेरण मिलेको बताए ।
तालिम कार्यक्रम संस्थाको तम्घास शाखाका प्रवन्धक हेमप्रसाद गुरुङको अध्यक्षता संस्थाको सीमलटारी शाखाका प्रवन्धक गिरीराज रेश्मीको स्वागत र संस्थाका कर्मचारी कुलबहादुर पुनको सञ्चालनमा सम्पन्न भएको थियो ।