Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

मर्मिरे लघुवित्तद्धारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

२०७६ बैशाख २६ गते

बैंकिङ खबर । मर्मिरे लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालय बनेपाको आयोजना साथै पाँचखालमा रहेको नेपाल प्रहरी को प्रयोजनमा वित्तीय साक्षरता साथै प्रहरी–समुदाय साझेदारी कार्यक्रम तामाघाटमा समपन्न गरेको छ ।

कार्यक्रममा बनेपा शाखाको शाखा प्रबन्धक अन्जु श्रेष्ठ, केन्द्रीय कार्यलयका बिकल काफ्ले लगायतले प्रशिक्षण गरेका थिए । तामाघाट ४ का वडा अध्यक्ष सुन्दर तामाङ्ग र नेपाल प्रहरी पाँचखालका साहायक प्रहरी निरीक्षक शिव प्रसाद प्रराजुलि को सहभागि कार्यक्रममा ५० जना महिलाहरुको उपस्थीती रहेको थियो ।

कार्यक्रममा समाजमा घटने विभिन्न खालका घटना, महिला हिंसा र वित्तीय साक्षरताको महत्व, उद्देश्य, आम्दानी खर्च, बिमा, विप्रेषण सेवा, बजेट, वित्तीय अनुशासन आदिको बारेमा छलफल साथै भिडियो सामाग्रिा प्रर्दश्नी गरिएको थियो ।

कार्यक्रमले समुदायले कसरी प्रहरी सँग साझेदारी गरेर अगाडि बढ्न सकिन्छ साथै वित्तीय अनुशासन, कर्जा सदुपयोगिता र विमाका कुराहरु लाई विशेष जोड दिइएको थियो । महिला हिंसा न्यूनिकरणमा लघुवित्तको भूमिका, बचतका फाइदाहरु प्नि कार्यक्रममा छलफल भएको थियो ।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष तामाङ्गले गाँउ घरमा यस्ता कार्यक्रमको आवश्कता महसुस भएको बेला मिर्मिरे लघुवित्तले कार्यक्रम आयोजना गरेकोमा खुशी व्यक्त गर्नु भएको थियो, पाँचखाल नेपाल प्रहरीका प्रतिनिधिले वित्तीय संस्थाले गरेको अगुवाई प्रभावकारी भएको भन्दै आउँदा दिनमा अझै शसक्त सहकार्यको अपेक्षा लिएको बताए ।

Ad