बैंकिङ खबर । उन्नति माइक्रोफाइनान्स वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ३ करोड १६ लाख ७९ हजार खुद नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७५ दशमलव ८ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा संस्थाले १ करोड ८० लाख ९४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
खुद ब्याज आम्दानी
चालु आर्थिक वर्षको ९ महिनामा लघुवित्तले ५ करोड ८३ लाख ७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद ब्याज आम्दानी २५ दशमलव ११ प्रतिशतले बढी हो । गत आर्थिक वर्षमा लघुवित्तले ४ करोड ६६ लाख ३ हजार रुपैयाँ ब्याज आम्दानी गरेको थियो ।
बचत तथा कर्जा
चालु आर्थिक वर्षको तेस्रो त्रैमास सम्ममा लघुवित्तले ५० करोड २९ लाख ७४ हजार रुपैयाँ निक्षेप संकलन गरेर १ अर्व ७५ करोड ४० लाख ९५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
यस्तै, सञ्चालन नाफा ७५.२३५ ले बढेको छ । गत वर्ष २ करोड ८१ लाख २७ हजार रुपैयाँ रहेको सञ्चालन नाफा यस वर्ष ४ करोड ९२ लख ८७ हजार पुर्याएको छ ।
सूचकहरु
उन्नतिको गत वर्ष ०.३६ प्रतिशत रहेको खराब कर्जा यस वर्ष बढेर १.०३ प्रतिशत पुगेको छ । यसको अस्ट अफ फन्ड १०.०४ प्रतिशत छ । यसैगरी, प्रतिसेयर आम्दानी ५४ रुपैयाँ ६६ पैसा र प्रतिसेयर नेटवर्थ १५१ रुपैयाँ ३९ पैसा छ ।