
बैंकिङ खबर । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था शाखा कार्यालय बिरगंज पर्साले मृतक ग्राहक बिरगंज महानगरपालिका २ निवासी मदिना खातुन चुडिहार को परिवारलाई बीमा क्षतिपुर्ति बापत ३ लाख ३५ हजार रुपैया रकम दिएको छ । उक्त रकम बिरगंज शाखाका सहायक ब्यवस्थापक हेमलाल बश्यालले मृतकका श्रीमान तबिज मिया चुडिहार लाई दिए ।
उक्त कार्यक्रममा सोहि ठाउकी आफ्नो ग्राहक सलमा खातुनको श्रीमान मंजुर को मृत्यु भएर काजकृया बापत को १४ हजार समेत बश्यालले ग्राहक सलमा खातुन लाई बितरण गरे ।
कार्यक्रममा शाखा प्रमुखले यो संस्था देशको ७ वटै प्रदेशका ७७ वटै जिल्लाहरुमा शाखा संञ्जाल रहेको जसले १ सय ८१ वटा शाखाहरु, १० वटा क्षेत्रीय कार्यालय र केन्द्रीय कार्यालय गरी १ सय ९२ वटा कार्यालयहरु मार्फ ३ लाख ४१ हजार ३ सय ८४ घरपरिवारहरुमा सेवा विस्तार गरेको बताए ।