बैंकिङ खबर । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले सप्तरी जिल्लाको रुपनीमा ६४ औं शाखा विस्तार गरेको छ। वित्तीय संस्थाको संचालक समितिका अध्यक्ष जीवन प्रकाश लिम्बु ररुपनी गा.पा.का अध्यक्ष श्री हरेराम यादवले संयुक्त रुपमा गरे ।
समुद्घाटन कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत प्रकाश राज शर्मा ज्यूले संस्थाको कारोबारलाई थप प्रविधी मैत्री बनाउदै ब्यवशाय विस्तार, गुणस्तरीय सेवा, नियमनकारी निकायको नीति निर्देशनको अनुपालन एवम् ग्राहक सन्तुष्टीलाई ध्यान दिदै भविष्यमा ग्राहकले रोजेको लघुवित्तको रुपमा संस्थालाई स्थापित गर्ने धारणा व्यक्त गरे ।
समुद्घाटन कार्यक्रममा बोल्दै लक्ष्मी लघुवित्तको सफलताको शुभकामना व्यक्त गर्दै साना किसान गरिबहरुलाई कर्जाको माध्यमबाट उनीहरुको जीवनस्तरमा सकारात्मक सुधार ल्याउन लघुवित्त संस्थाहरुले प्रभावकारी भूमिका खेल्नुपर्ने, लघुवित्त कार्यक्रममा कर्जाको साथ साथै वित्तीय साक्षरता कार्र्यक्रम मार्फत कर्जा र बचतको बारेमा जनचेतना फैलाउनु पर्ने, अनौपचारिक क्षेत्रबाट कर्जा कारोबार गर्ने संस्कृतीलाई निरुत्साहित गरी बैकिङ प्रणाली मार्फत कर्जा कारोबारको लागि प्रोत्साहन गर्नुपर्ने कुरामा जोड दिए ।
समुद्घाटन कार्यक्रममा वोल्दै संस्थाका सञ्चालक समितिका अध्यक्ष जीवन प्रकाश लिम्बु ज्यूले संस्थालाई लघुवित्तको क्षेत्रमा छुट्टै पहिचान स्थापित गराउने किसिमबाट लक्ष्मी बैंकको समेत सोच रहेकोले संस्थालाई लक्ष्मी बैंकको तर्फबाट आर्थिक, प्राविधिक तथा व्यवस्थापकीय सहयोग प्रदान भइरहेको, नेपालमा लघुवित्तको क्षेत्रमा उत्कृष्ट नविनतम प्रविधी युक्त संस्थाको रुपमा लक्ष्मी लघुवित्तलाई पहिचान गराउनका लागि आवश्यक काम भइरहेको बारे जानकारी दिए ।
हालसम्म संस्थाले ४९ वटा जिल्लामा शाखा संजाल बिस्तार गरि ग्रामीण, पिछडिएको, बैकिङ्ग पहुँचबाट टाढा रहेका ग्राहक वर्गहरुलाई लक्षित गर्दै ७६ हजार ग्राहक वर्गलाई लघुवित्त कार्यक्रममा समेटेको छ ।