बैंकिङ खबर । मङगलबार शेयर बजार सामान्य अंकले बढेको छ । १.८५ अंकले बढेर १,३०१.२८ अंकमा कायम भएको छ । बेंकिङ र फाइनान्स बाहेक सबै उपसुचकहरु बढेका छन् । सबैभन्दा धेरै होटल समुह १ सय १ अंकले बढेको छ ।
दिनभरिमा १ सय ७६ वटा कम्पनीको २५ लाख २० हजार ७ सय ९० कित्ता शेयर ८ हजार ५ सय ५४ पटक खरिदविक्री हुँदा ७२ करोड ८८ लाख २८ हजार ७ सय ४५ रुपैयाँको कारोबार भउको छ । सबैभन्दा धेरै एनसीसी बैंकको ५ करोड ९४ लाख ६८ हजार १ सय २८ रुपैयाँको कारोबार भएको छ ।
त्यसैगरी शिवम् सिमेन्टको ४ करोडमाथिको कारोबार भएको छ भने नेपाल बैंकको ३ करोडमाथिको कारोबार भएको छ । नागरिक लगानी कोष, जनता बैंक, एनएमबि बैंक, प्रभु बैंक र नेपाल बङलादेश बैंकको क्रमशः २ करोडभन्दा बढीको कारोबार भएको छ । बुटवल पावरको १ करोड रुपैयाँको कारोबार भएको छ ।
हिमालयन डिस्टीलरीका शेयरधनीले सबैभन्दा धेरै १० प्रतिशतका दरले कमाएका छने भने पाचथर पावरका शेयरधनीले सबैभन्दा धेरै ९ प्रतिशतका दरले गुमाएका छन् ।