बैंकिङ खबर । इन्फिनिटी माइक्रोफाइनान्सले आईपीओ निष्काशनको अनुमति पाएको छ । वित्तीय संस्थाको ६ करोड ७४ लाख रुपैयाँ बराबरको आइपीओ धितोपत्र बोर्डले स्वीकृत गरेको छ ।
संस्थाले धितोपत्र बोर्डबाट ६ लाख ७४ हजार कित्ता आइपीओ जारी गर्ने अनुमति पाएको हो । संस्थाले जारी पुँजीको ३२ दशमलव ५० प्रतिशत आइपीओ बिक्री गर्ने छ । आइपीओ निष्काशन तथा विक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट रहेको छ ।