बैंकिङ खबर । शेयर बजारमा यो साता परिसूचक नेप्से २ दशमलव २७ अंकले बढेको छ । आइतबार १ हजार २ सय ९२ दशमलव १२ अंकमा खुलेको बजार ४ दिन कारोबार हुँदा २ दशमलव २७ अंकले बढेर १ हजार २ सय ९४ दशमलव ३९ अंकमा बन्द भएको छ । आइतबार एकै दिन २२ दशमल ३१ अंकले नेप्से बढेको थियो ।
त्यस पछि तीन दिनको कारोबार लगातार घटेको छ । तरपनि नेप्से सामान्य बढेको हो । नेप्से बढेपनि ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक भने घटेको छ । सेन्सेटिभ परिसूचक १ दशमलव ८५ हंकले घटेको हो। यसले बजारमा राम्रा मानिएका कम्पनीहरुको शेयर परिसूचक घटेको देखाउँछ ।
यो साता चार दिन मात्र कारोबार भएपनि समग्रमा ४ अर्ब ४१ करोड १६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।