बैंकिङ खबर । गुराँस लघुवित्त वित्तीय संस्थाको आइपीओ भर्ने आज अन्तिम दिन रहेको छ । आईपीओ वैशाख १६ गते सोमबारदेखि खुला गरेको हो ।
गुराँसले प्रतिकित्ता १ सय रुपैयाँ दरले २ लाख ५० हजार कित्ता आइपीओ जारी गरेको हो । कुल निष्कासन मध्ये ०.५ प्र्रतिशत (३ हजार ८७५ कित्ता) कर्मचारी र ५ प्रतिशत (१२ हजार ५०० कित्ता) सामूहिक लगानी कोषलाई छुट्याइएको छ । बाँकी २ लाख ३३ हजार ६२५ कित्ता सेयर सर्वसाधारणका लागि खुला गरिएको हो ।
आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइबीएल एस क्यापिटलले रहेको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतम ५ सय कित्ता सम्म आवेदन दिन सक्नेछन् ।