Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

वोमी लघुवित्तद्धारा वित्तीय साक्षरता तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

२०७६ बैशाख २० गते

बैंकिङ खबर । वोमी लघुवित्त वित्तीय संस्थाले पाल्पा जिल्लाको माथागढी गाउँपालिका क्षेत्रका ६६ जना सदस्य तथा स्थानीयहरुलाई वित्तीय साक्षरता तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । उक्त साक्षरता कार्यक्रममा वित्तीय संस्थाका एरिया प्रमुख भवनाथ सापकोटाले सहजिकरण गर्नु भएको थियो ।

संस्थाको शाखा कार्यालय ताहुँका प्रमुख भिमराज अधिकारीले तालिमको पुर्ण सदुपयोगिता गरि आफ्नो वित्तीय शिक्षा तथा आयस्तर बृद्धि गर्नु पर्ने विषयमा सदस्यलाई उत्प्रेरित गरे ।

एरीया प्रमुख भवनाथ सापकोटाले प्राप्त शिक्षालाई आफ्नो जिवनमा लागु गरि वित्तीय रुपमा सचेत हुने तर्फ उन्मुख हुन सकेमा मात्र तालिम उपलब्धीमुलक हुने बारेमा सहभागिहरुलाई प्रष्ट पारे । सापकोटाले सम्बोधन गर्नु भएको थियो । साथ,ै उक्त कार्यक्रममा उत्कृष्ट समुहलाई पुरस्कृत गरिएको थियो ।

नेपाल राष्ट्र बैंकबाट राष्ट्रीय स्तरको अनुमति पाएका वोमी लघुवित्त वित्तीय संस्थाकोे हाल ३४ जिल्लामा ४६ वटा शाखा कार्यालय मार्फत ३० हजार भन्दा बढी सदस्यहरुमा रु १ अर्व ७० करोड लगानी गरि रु ६१.५ करोड बचत परिचालन गरेको छ ।

Ad