बैंकिङ खबर । जाल्पा लघुवित्त वित्तीय संस्थाले नवनयुक्त भएका १५ जना प्रशिक्षार्थी सहायक कर्मचारीहरुलाई दुई दिने अभिमुखिकरण तालिम दिएको छ । कार्यक्रमको उद्घाटन सञ्चालक समितिका अध्यक्ष अर्जुन श्रेष्ठले गर्दै नयाँ कर्मचारीहरुले अनुशासित भएर संस्थाको काम गर्नु पर्ने बताए ।
कार्यक्रममा जनशक्ति तथा प्रशासन विभाग प्रमुख दिवस ढकाल, सूचना प्रविधि विभाग प्रमुख राम प्रसाद भण्डारी र आन्तरिक लेखापरीक्षण विभाग धर्मदत्त आचार्यले प्रशिक्षण दिएका थिए ।
उक्त कार्यक्रममा बोल्दै संस्थाका प्रमुख कार्यकारी अधिकृत आचार्यले नव नियुक्त कर्मचारीहरुले उच्च मनोबलका साथ सदस्य मैत्री भएर संस्थाको हितमा काम गर्नु पर्ने बताए ।