Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

बैंशाख २७ गते दुई लघुवित्तको आइपीओ आउदै

२०७६ बैशाख १९ गते

बैंकिङ खबर । जनसेवी र स्वाभिमान लघुवित्त वित्तीय संस्थाले वैशाख २७ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्ने भएका छन्। साधारण सेयर जारी गर्न दुबै कम्पनीले बिहीबार आह्वानपत्र प्रकाशन गरेका हुन् ।

जनसेवी लघुवित्तले १ सय रुपैयाँ अंकित मुल्यमा कुल चार करोड ६३ लाख ३० हजार रुपैयाँको चार लाख ६३ हजार ३ सय कित्ता आइपीओ विक्री गर्ने भएको हो । लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम एक हजार कित्तासम्म आवेदन गर्न सकिनेछ । आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।

लघुवित्तले निष्काशन गर्न लागेको कुल आइपीओ मध्ये २३ हजार एक सय ६५ कित्ता सामुहिक लगानीकोषहरुका लागि र सात हजार एक सय ४५ कित्ता कर्मचारीकालागि छुट्टाएको छ भने बाँकी चार लाख ३२ हजार नौं सय ९० कित्ता सेयर सर्वसाधारणमा निष्काशन हुने छ । 

यसैगरि स्वाभिमान लघुवित्तले पनि वैशाख २७ गते देखि नैे १ लाख ९८ हजार छ सय १० कित्ता आइपीओ निष्काशन गर्न लागेको हो । लगानीकर्ताले उक्त आईपिओमा न्यूनतम १० देखि अधिकतम ५ हजार कित्तासम्म आवेदन गर्ने व्यवस्था छ ।

संस्थाको कूल निष्काशित आईपिओ मध्ये ३ हजार ९३ कित्ता कम्पनीका कर्मचारीलाई र नौं हजार नौं सय ३० कित्ता सामुहिक लगानी कोषहरुका लागि छुट्टाएको छ भने बाँकी एक लाख ८५ हजार पाँच सय ८७ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।

लघुवित्तहरुको आईपिओ खरिद गर्न इच्छुक लगानीकर्ताले मेरो सेयर तथा लगानीको खाता रहेको सि आश्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट वैशाख ३१ गतेसम्म आवेदन दिन सक्नेछन्।

Ad