बैंकिङ खबर । सिभिल लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १ करोड १६ लाख ३५ हजार रुपैयाँ नाफा कमाएको छ । गत वर्षको यसै अवधिको तुलनामा ४० दशमलव २८ प्रतिशतले बढी हो । गत वर्ष यसले ८२ लाख ९४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
ब्याज आम्दानी
चालु आर्थिक वर्षको समिक्षा अवधिमा संस्थाले ४ करोड ५२ लाख ३९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन गत आथिृक वर्षको सोही अवधिको तुलनामा खुद ब्याज आम्दानी ३३ दशमलव ३६ प्रतिशतले बढी हो । गत वर्ष यस अवधिमा ३ करोड ३९ लाख २१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
कर्जा तथा बचत
चालु आर्थिक वर्षको ९ महिनामा लघुवित्तले २३ करोड ५२ लाख १० हजार रुपैयाँ निक्षेप संकलन गरेर ८७ करोड ६० लाख ३५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
सूचकहरु
प्रतिसेयर आम्दानी ३ रुपैयाँ ५१ पैसाले बढेर १३ रुपैयाँ ५९ पैसा पुगेको हो । गत वर्ष प्रतिसेयर आम्दानी १० रुपैयाँ ०८ पैसा थियो । प्रतिसेयर नेटवर्थ भने ४ रुपैयाँ २१ पैसाले बढेर ११४ रुपैयाँ ४६ पैसा पुगेको छ ।