Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

शेयर बजार दोहोरो अंकले घट्यो, ४५ कम्पनीका शेयरधनीले कमाए

२०७६ बैशाख १७ गते

बैंकिङ खबर । मङगलबार शेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से ११ दशमलव ७० अंकले घटेर १,२९८.६० अंकमा कायम भएको छ । हाइड्रोपावर र फाइनान्स बाहेक सबै उपसुचक घटेका छन् । सबैभन्दा धेरै २ सय ५ अंकले निर्जीवन बीमा समुह घटेको छ ।

दिनभरिमा १ सय ७६ कम्पनीको २९ लाख ६७ हजार ३ सय ५८ कित्ता शेयर १० हजार ७४ पटक खरिदविक्री हुँदा ९५ करोड ८६ हजार ९ सय ३६ रुपैयाँको कारोबार भएको छ । नेपाल लाइफ इन्स्योरेन्सको सबैभन्दा धेरै १६ करोड माथिको कारोबार भएको छ ।

त्यसैगरी, नेपाल बैंकको ९ करोडमाथिकाु कारोबार भएको छ । अपर तामाकोशी, कुमारी बैंक, सानिमामाई हाइड्रोको ३ करोडमाथिको कारोबार भएको छ । छिमेक लघुवित्त, चिलिमे हाइड्रोपावरको २ करोडमाथिको कारोबार भएको छ । सिद्धार्थ बैंक र प्रभु बैंकको १ करोडको कारोबार भएको छ ।

सानिमामाई हाइड्रोपावर र अरुन भ्याली हाइड्रोपावरका शेयरधनीले सबैभन्दा धेरै ९ प्रतिशतका दरले कमाएका छन् । त्यसैगरी, राष्ट्रिय बीमा कम्पनीका शेयरधनीले सबैभन्दा धेरै ५ प्रतिशतका दरले गुमाएका छन् ।

Ad