बैंकिङ खबर । सिटिजन्स बैंकको साहायक प्रमुख कार्यकारी अधिकृतमा समिर प्रसाद दाहाल नियुक्त भएका छन् । बैंकको साहायक कम्पनी सिविआईएल क्यापिटलका प्रमुख कार्यकारी अधिकृतको रूपमा काम गर्दै आएका दाहाललाई शुक्रबारदेखि आफ्नो कार्यभार सम्हाल्ने गरी बैंकको साहायक प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको हो ।
करिव १६ वर्ष अघि बैंकिङ करियर थालेका दाहाल एक अनुभवी बैंकरका रूपमा परिचित छन्। ६ वर्षअघि प्रमुख वित्त अधिकृतको रूपमा उनी कार्यरत थिए । उनी चार्टर एकाउन्टेन्ट समेत हुन् ।


