Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

जाल्पा लघुवित्तले सदस्यहरुलाई दियो झोल साबुन बनाउने तालिम

२०७६ बैशाख १७ गते

बैंकिङ खबर । जाल्पा लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालय दुईपिप्ले, मध्य नेपाल, लम्जुङ्गले आफ्ना ३५ जना समूह सदस्यहरुलाई झोल साबुन बनाउने तालिम प्रदान गरेको छ । उक्त कार्यक्रमको उद्घाटन मध्यनेपाल नगरपालिकाका उपप्रमुख राजकुमार श्रेष्ठ र वडाध्य निर्मल गौतमले संयुक्त रुपमा गरे । । उक्त तालिममा प्रशिक्षकको रुपमा आशमाया विक रहेकी थिइन् ।

मध्यनेपाल नगरपालिकाका उपप्रमुख श्रेष्ठले वित्तीय संस्थाहरुले लघुकर्जासंगै शिपमुलक तालिम पनि प्रदान गर्नुपर्ने र यस प्रकारको तालिमले महिला सदस्यहरुको आय आर्जनमा वृद्धि भई आत्मनिर्भर हुन सहयोग पुग्ने र यस प्रकारको तलिमले महिलाहरु व्यवसायी बनी कर्जाको किस्ता तिर्न सक्षम हुने तथा वित्तीय संस्थालाई समेत फाइदा पुग्ने बताए ।

वडाध्यक्ष गौतमले तालिम लिए पछि सिकेको शिपलाई व्यवहारमा उतार्नु पर्ने बताए ।

उक्त शाखाकि शाखा प्रबन्धक अम्विका कुँवरले यो तालिम लिए पछि सहभागी महिला दिदि बहिनीहरु व्यवसायिकरुपमा झोल साबुन बनाउने कार्यमा संलग्न भई स्वालम्वी बन्ने र आगामी दिनमा यस्तै प्रकृतिका अन्य शिपमुलक तालिमहरु समेत प्रदान गर्ने शाखाको लक्ष्य रहेको बताइन्

Ad