Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

नागवेली लाघुबित्तद्धारा सप्ताहब्यापी केन्द्र प्रमुख गोष्ठी सम्पन्न

२०७६ बैशाख १६ गते

बैंकिङ खबर । नागवेली लाघुबित्त बित्तिय संस्थाले सप्ताहब्यापी केन्द्र प्रमुख गोष्ठी सम्पन्न गरेको छ। बैशाख १० गते सुरु गरि १६ गते सम्म १२ वटा शाखा कार्यालयमा केन्द्र प्रमुख गोष्ठी सम्पन्न गरेको हो। बिभिन्न क्षेत्रका राजनीतिक व्यक्तित्व , समाजसेवी , बुद्दिजिबिहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा वित्तीय संस्थाहारुबाट कारोबार गर्दा हुने फाइदा , कार्जा कारोबार गर्दा ध्यान पुर्याउनु विषय तथा बीमा सम्बन्धि जानकारी गाराउनुको साथै कर्जाको दुरुपयोग गर्दा पर्न सक्ने वित्तीय संकटको बिसयमा बृहत छलफल गरिएको थियो । प्रत्येक शाखा कार्यालयमा उत्कृष्ट ६ ६ वटा केन्द्र गरि ७२ वटा केन्द्रहरुलाई सम्मान तथा पुरस्कृत बितरण गरिएको थियो । कार्यक्रममा शाखा कार्यालयको वित्तीय विवरण शाखा प्रमुखबाट प्रस्तुत गरिएको थियो।

साथै सम्बन्धित शाखा कार्यालयका २४ जना जेष्ठ नागरिक हरुलाई सम्मान प्रदान गरिएको थियो । ३ वटा शाखा कार्यालयमा आर्थिक रुपमा बिपन्न सदस्य तथा गैर सदस्यलाइ सामाजिक उत्तरदायित्व अन्तर्गत ८० वटा झुल वितरण गरिनुको साथै बिभिन्न वडा कार्यालयहारु संग समन्वय गरि फोहोर व्यवस्थापनको लागि डस्मिन उपलब्ध गराउने कार्यकारी प्रमुख कुमार यक्सोले प्रतिबद्धता गरे ।

Ad