बैंकिङ खबर । सोमबार शेयर बजार ४.२१ अंकले घटेर १,३१०.३१ अंकमा कायम भउको छ । कारोबार, होटल, उत्पादनमुलक, अन्य र जीवन बीमा समुह बाहेक सबै उपसुचक घटेका छन् । सबैभन्दा धेरै १ सय २ अंकले निर्जीवन बीमा समुह घटेको छ ।
दिनभरिमा १ सय ७४ वटा कम्पनीको ३० लाख १६ हजार ४ सय ८० कित्ता शेयर १२ हजार ५ सय ८९ पटक खरिदविक्री हुँदा १ अर्ब १९ लाख ७७ करोड ६९ हजार ८ रुपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सको १४ करोडमाथिको कारोबार भएको छ ।
त्यसैगरी नेपाल बैंकको ११ करोडमाथिको कारोबार भएको छ । प्रभु बैंक, नेको इन्स्योरेन्स, एनआईसी एशिया बैंक र नेशनल लाइफ इन्स्योरेन्सको ३ करोडभन्दा बढीको कारोबार भएको छ । एनएमबि बैंक, सानिमा बैंक र सिद्धार्थ बैंकको २ करोड माथिको कारोबार भएको छ ।
नविल प्रगति फण्ड र लक्ष्मी इक्यिूटी फण्डका शेयरधनीले सबैभन्दा धेरै ५ प्रतिशतका दरले कमाएका छन् भने राधि विद्युत कम्पनीका शेयरधनीले सबैभन्दा धेरै ७ प्रतिशतका दरले गुमाउका छन् ।