बैंकिङ खबर । स्वदेशी लघुवित्त वित्तीय संस्थाले प्रदेश नं. १ र २ अन्तर्गतका शाखा प्रमुखहरु लाई नेपाल बिमक संघ र सुर्य लाईफ इन्सुरेन्सकोसहभागीतमा २ दिने व्यवसाय प्रवर्धन तथा बीमा अभिमुखिकरण तालिम दिएको छ ।
उक्त कार्यक्रममा २६ वटा शाखा कार्यलयका शाखा प्रमुखहरु तथा केन्द्रिय कार्यालयमा कार्यरत कर्मचारी गरि ४४ जनाको सहभागिता रहेको थियो ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत गोविन्द चापागाईले कार्यक्रमको सुभारम्भ गर्दै शाखा प्रमुखहरुलाई यस तालिमले कार्य गर्ने क्षमतामा अभिवृद्धि गराई अहिलेको प्रतिस्पर्धी बजारमा थप चनाखो भई कार्य गर्न मदत पुग्ने , संस्थामा आबद्ध सदस्यहरुलाई लघु बिमाका माध्यमले सुरक्षित गर्न सहज हुने भै संस्थाले तय गरेको लक्ष्य हाशिल गर्न समेत सजिलो हुने बताए ।
नेपाल बिमक संघका केशव आर्यालले लघुबीमाको सेवा सुविधा र समस्याका बारे सहभागिहरु विच अन्र्तरक्रिया र सहभागिहरुले उठाएका जिज्ञासालाई प्रष्ट्र पार्नु भएको थियो साथै सुर्य लाईफ इन्सुरेन्सका सहायक प्रवन्धक जग्दिश आर्चायले विमा किन गर्ने ,कसले गर्ने ,कसरी गर्न सकिन्छ र सदस्यमाझ विमा गर्दाको फाईदा कसरी बुझाउने साथै सहभागिहरु लाई उत्प्रेरणात्मक सन्देश , सफलताको सुत्र, निरन्तर , नियमित लागेमा व्यवसाय वृद्धि गर्न सकिन्छ भन्ने कुराको जानकारी दिए ।