Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

गुराँस लघुवित्तले आजबाट आईपीओ विक्री गर्दै

२०७६ बैशाख १६ गते

बैंकिङ खबर । गुराँस लघुवित्त वित्तीय संस्थाले आजबाट आईपीओ बिक्री खुल्ला गरेको छ । लघुवित्तले २ लाख ३३ हजार ६ सय २५ कित्ता आईपीओ बिक्री गर्न लागेको हो ।

आईपीओ छिटोमा बैशाख २० गतेसम्म विक्री खुल्ला गरिने संस्थाले जनाएको छ । त्यस अवधिमा माग बमोजिम आवेदन नपरे ढिलोमा जेठ १४ गतेसम्म विक्री खुल्ला हुने छ । आईपीओमा लगानीकर्ताले न्यूनतम् १० कित्तादेखि अधिकतम ५ सय कित्तासम्म आवेदन गर्न सक्नेछन् ।

लघुवित्तले जारी गर्ने कुल २ लाख ५० हजार कित्ता आईपीओ मध्ये ३ हजार ८ सय ७५ कित्ता शेयर कर्मचारी र १२ हजार ५ सय कित्ता सामूहिक लगानी कोषको लागि छुट्याएर बाँकी रहेको शेयर सर्वसाधारणलाई बिक्री गर्न लागेको हो ।

Ad