Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

शेयर बजार दोहोरो अंकले बढ्यो, १ अर्ब ६७ करोडको कारोबार

२०७६ बैशाख १५ गते

बैंकिङ खबर । आइतबार शेयर बजार दोहोरो अंकले बढेको छ । नेप्से २२.३९ अंकले बढेर १,३१४.५१ अंकमा पुगेको छ । बैंकिङ र फाइनान्स बाहेक सबै उपसुचक बढेका छन् । सबैभन्दा धेरै ६ सय २९ अंकले जीवन बीमा समुह बढेको छ ।

दिनभरिमा १ सय ७६ वटा कम्पनीको ४९ लाख २१ हजार ८४ कित्ता शेयर १६ हजार ७५ पटक खरिदविक्री हुँदा १ अर्ब ६७ करोड ५९ लाख ३८ हजार ८ सय २० रुपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल बैंकको २३ करोड रुपैयाँको कारोबार भएको छ ।

छिमेक लघुवित्तको ९ करोड रुपैयाँको कारोबार भएको छ । प्राइम कमर्सियल बैंकको ७ करोड र एनएमबि बैंकको ५ करोडको कारोबार भएको छ । त्यसैगरी नेपाल लाइफ इन्स्योरेन्स, कृषि विकास बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र एनआईसी एशिया बैंकको ४ करोडको कारोबार भएको छ भने प्रभु बैंकको ३ करोडको कारोबार भएको छ ।

राष्ट्रिय बीमा कम्पनी, आरएमडीसी लघुवित्त, एशियन लाइफ इन्स्योरेन्स, डिप्रोक्स लघुवित्त, राष्ट्रिय बीमा कम्पनी प्रोमोटर शेयर, विजय लघुवित्त, किसान माइक्रोफाइनान्सका शेयरधनीले सबैभन्दा धेरै १० प्रतिशतका दरले कमाएका छन् भने सनराइज बैंकका शेयरधनीले सबैभन्दा धेरै ४ प्रतिशतका दरले गुमाउका छन् ।

Ad