Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
फिन–टेक

सानिमा बैंक पनि connectIPSe-payment प्रणालीमा आबद्ध

२०७६ बैशाख १५ गते

बैंकिङ खबर । नेपाल राष्ट्र बैंक र बैंक वित्तीय संस्थाहरुबाट प्रवद्र्घित नेपाल क्लियरिङ्ग हाउसले संचालनमा ल्याएको सानिमा बैंक पनि connectIPSe-payment प्रणालीमा आबद्ध प्रणालीमा सानिमा बैंकलाई पनिउ आवद्ध भएको छ । बैंकका ग्राहकहरुले यस प्रणालीको www.connectips.com अथवा Android तथा iOS मा उपलब्ध मोबाईल एप्सबाट अनलाईन कारोबार गर्न सक्नेछन् ।

यस प्रणालीमा बैंककाग्राहकले आफूलाई एक पटक आवद्ध गरी आफ्नो बैंक खातालाई लिंक गराई यसमा उपलब्ध हुने सेवाहरु प्राप्त गर्न सक्ने छन् । हाल यस प्रणाली मार्फत नेपाल सरकारको राजस्व भुक्तानी,लोक सेवा आयोगको भुक्तानी, रकम ट्रान्सफर, क्रेडिट कार्ड बिल भुक्तानी, मोबाईल वालेटमा फण्ड लोड, सेयर ब्रोकरलाई भुक्तानीे लगायतमा अन्य विभिन्न सेवा प्रदायकहरुलाई भुक्तानी गर्न सकिने व्यवस्था रहेको छ ।

उक्त प्रणाली सेवा प्रदायकहरुको पोर्टलमा पेमेन्ट प्रोसेसरको (गेटवे) रुपमा समेत जडान गरीएको छ र सेवा प्रदायकको ग्राहकहरुले connectIPS छनौठ गरी समेत भुक्तानी गर्न सक्ने व्यवस्था रहेको छ ।

connectIPS e-Payment प्रणालीमा हाल सम्म ५५ बैंक तथा वित्तीय संस्थाहरुले सम्झौता गरी सकेकोमा हाल सम्म ४६ वटा बैंक तथा वित्तीय संस्थाहरुबाट उक्त सेवा उपलब्ध भइरहेको छ ।