बैंकिङ खबर । ७९ करोड ९३ लाख रुपैयाँ चुक्ता पुँजी भएको आरएमडीसी लघुवित्त वित्तीय संस्थाले तेस्रो त्रैमासमा खुद मुनाफा २४ करोड ४४ लाख रुपैयाँ कमाएको छ । जुन गत वर्षको सोहि अवधिको तुलनमा ३५ दशमलव २९ प्रतिशतले वृद्धि गरेको हो । गत वर्षको सोहि अवधिमा लघुवित्तले १८ करोड ६ लाख रुपैयाँ नाफा कमाएको थियो ।
लघुवित्तले जगेडाकोषमा १ अर्ब ५२ करोड ८७ लाख रुपैयाँ छुटाएको छ । जसले कर्जामा ७ अर्ब ८१ करोड ४२ लाख रुपैयाँ लगानी गरेको । कर्जामा गत वर्षको तुलनाभन्दा २१ द्यशमलव ९६ प्रतिशतले वृद्धि गरेको छ ।
खुद ब्याज आम्दानी
लघुवित्तको चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ३४ करोड ८९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद व्याज आम्दानी २० प्रतिशतले बढी हो ।
संचालन मुनाफा २२ दशमलव २६ प्रतिशतले बढेर ३४ करोड ६६ लाख रुपैयाँ पुगेको छ ।
सुचकहरु
जोखिम युक्त सम्पत्ति २४ दशमलव ७१ प्रतिशत, निष्कृय कर्जा शुन्य, प्रतिशेयर आम्दानी वार्षिक ४० रुपैयाँ ७७ पैसा, प्रतिशेयर नेटवर्थ २ सय ९१ रुपैयाँ २३ पैसा र तरलता अनुपात ९ दशमलव ०७ प्रतिशत रहेको छ ।