बैंकिङ खबर । ११ करोड २० लाख रुपैयाँ चुक्ता पूँजी भएको सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले तेस्रो त्रैमासमा खुद मुनाफा २ करोड १९ लाख ५० हजार रुपैयाँ कमाएको छ । अघिल्लो वर्षको सोहि अवधिमा ३२ लाख रुपैयाँ नोक्सानमा रहेको थियो ।
निक्षेप तथा कर्जा
चालु आर्थिक वर्षको ९ महिनामा लघुवित्तले ३३ करोड ६५ लाख रुपैयाँ निक्षेप संकलन गरी कर्जामा १ अर्ब ४१ करोड ५६ लाख रुपैयाँ लगानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले ७ करोड ४ लाख रुपैयाँ मात्र निक्षेप संकलन गरेको थियो ।
ब्याज आम्दानी
चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा लघुवित्तको खुद ब्याज आम्दानी ३६४ दशमलव ०८ प्रतिशतले बढेर ५ करोड ४ लाख रुपैयाँ पुगेको छ भने गत वर्ष नोक्सानमा रहेको संचालन मुनाफा यस त्रैमासमा ३ करोड ४४ लाख रुपैयाँ आर्जन गरेको छ ।
सुचकहरु
लघुवित्तको निष्कृय कर्जा शुन्य दशमलव १९ प्रतिशत र जोखिम युक्त सम्पत्ति १० दशमलव १३ प्रतिशत रहेको छ ।