बैंकिङ खबर । विहीबार शेयर बजार दोहोरो अंकले बढेको छ । नेप्से १२.८३ अंकले बढेर १,२९२.१२ अंकमा कायम भएको छ । आज सबै उपसुचक बढेका छन् । सबैभन्दा धेरै जीवन बीमा समुह ८९.९१ प्रतिशतले बढेको छ ।
दिनभरिमा १ सय ७६ वटा कम्पनीको ४५ लाख २१ हजार ९ सय ५६ कित्ता शेयर १३ हजार १ सय ४७ पटक खरिदविक्री हुँदा १ अर्ब ३५ करोड ७५ लाख ५४ हजार २ सय २१ रुपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल बैंकको १८ करोडमाथिको कारोबार भएको छ ।
त्यसैगरी एनसीसी बैंक र प्रभु बैंकको ७ करोडभन्दा बढीको कारोबार भउको छ । छिमेक लघुवित्तको ६ करोड ६० लाख रुपैयाँको कारोबार भएको छ । कृषि विकास बैंक र एनएमबि बैंकको ५ करोडमाथिको कारोबार भएको छ । सानिमा बैंक र एनआईसी एशिया बैंकको ४ करोडमाथिको कारोबार भएको छ ।
एभरेष्ट इन्स्योरेन्स र कृषि विकास बैंकका शेयरधनीले सबैभन्दा धेरै ९ प्रतिशतका दरले कमाएका छन् । मिर्मिरे लघुवित्त, युनाइटेट इन्स्योरेन्स, राधि विद्युत कम्पनीका शेयरधनीले ७ प्रसितशतका दरले कमाएका छन् ।
सबैभन्दा धेरै तारागाउँ रेजेन्सीका शेयरधनीले ९ प्रतिशतका दरले गुमाएका छन् । नेशनल माइक्रोफाइनान्स, उन्नती माइक्रोफाइनान्स, सापोर्ट माइक्रोफाइनान्स, अरुन कावेली पावर लगायतका शेयरधनीले गुमाएका छन् ।