Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

मेरो माइक्रोफाइनान्सले कमायो ११ करोड १८ लाख मुनाफा

२०७६ बैशाख १२ गते

बैंकिङ खबर । ३२ करोड ८९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको मेरो माइक्रोफाइनान्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद मुनाफा ११ करोड १८ लाख रुपैयाँ कमाएको छ । जुन गत वर्षको सोहि अवधिको तुलनाभन्दा ८६ दशमलव ५८ प्रतिशतले वृद्धि गरेको हो । अघिल्लो वर्षको सोहि अवधिमा लघुवित्तले ५ करोड ९९ लाख रुपैयाँ नाफा कमाएको थियो ।

निक्षेप तथा कर्जा
चालु आर्थिक वर्षको चैत मसान्तमा मेरो माइक्रोफाइनान्सले १ अर्ब ७ करोड ३६ लाख रुपैयाँ निक्षेप संकलन गरेको गरी ४ अर्ब ३७ करोड ४८ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । गत आथिृक वर्षको सोही अवधिमा लघुवित्तले ६९ करोड m९४ लाख रुपैयाँ निक्षेप संकलन गरेको थियो ।

ब्याज आम्दानी
चालु आर्थिक वर्षको ९ महिनामा माइक्रोफाइनान्सले २५ करोड ८१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन गत आर्थिक वषृको सोही अवधिको तुलनामा खुद ब्याज आम्दानी ८७ दशमलव ५ प्रतिशतले बढी हो । गत आथिृक वर्षमो यसै अवधिमा १५ करोड २२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

सुचकहरु
निष्कृय कर्जा २ दशमलव ०४ प्रतिशत, प्रतिशेयर आम्दानी वार्षिक ४५ रुपैयाँ ३३ पैसा, प्रतिशेयर नेटवर्थ १ सय ५७ रुपैयाँ ३४ पैसा, मूल्य आम्दानी अनुपात १२ दशमलव ३३ गुणा र तरलता अनुपात ३४ दशमलव ४६ प्रतिशत रहेको छ ।

Ad