बैंकिङ खबर । ४ करोड ९० लाख रुपैयाँ चुक्ता पुँजी भएको साधना लघुवित्तका साधना लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा १ करोड १४ लाख रुपैयाँ कमाएको छ । अघिल्लो वर्षको सोहि अवधिमा भने २८ लाख रुपैयाँ नोक्सानमा रहेको थियो ।
बचत तथा कर्जा
चालु आर्थिक वर्षको ९ महिनामा साधना लघुवित्तले १६ करोड ८१ लाख रुपैयाँ निक्षेप संकलन गरी ८१ करोड ५३ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । गत आर्थिक वर्षको सोही अवभिमा लघुवित्तले ३ करोड २४ लाख रुपैयाँ बचत संकलन गरेको थियो । अघिल्लो वर्षको सोहि अवधिको तुलनामा २ सय ३२ दशमलव ६५ प्रतिशतले वृद्धि गरेको छ ।
ब्याज आम्दानी
चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ३ करोड १९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद व्याज आम्दानी २२ गुणाले बढी हो । संचालन मुनाफा १ करोड २६ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष संचालन मुनाफा ११ लाख रुपैयाँ नोक्सानमा रहेको थियो ।
सुचकहरु
साधना लघुवित्तको जोखिम युक्त सम्पत्ति ८ दशमलव २६ प्रतिशत र निष्कृय कर्जा शुन्य दशमलव ०२ प्रतिशत रहेको छ ।