Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

वोमी लघुवित्तद्धारा अन्तरक्रिया तथा सिपमुलक तालिम सम्पन्न

२०७६ बैशाख ८ गते

बैंकिङ खबर । वोमी लघुवित्त वित्तीय संस्थाले ओखलढुंगा जिल्लाको मोलुङ गाउँपालिका क्षेत्रका ४५ जना सदस्य तथा स्थानीयहरुलाई चुरा बनाउने तालिम तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । उक्त तालिममा प्रशिक्षक ज्वाला आचार्यले विविध प्रयोगात्मक अभ्यासहरु सहित तालिम सम्पन्न गरेकी थिईन ।

संस्थाको शाखा कार्यालय ओखलढुङ्गाका प्रमुख शुशील कुमार श्रेष्ठले तालिमको पुर्ण सदुपयोगिता गरि आफ्नो आयस्तर बृद्धी गर्नु पर्ने विषयमा सदस्यलाई उत्प्रेरित गरेका थिए भने एरीया प्रमुख बिमल कोइरालाले प्राप्त सिपलाई आफ्नो सानो लगानीबाट व्यवसाय तर्फ उन्मुख हुन सकेमा मात्र तालिम उपलब्धीमुलक हुने बारेमा सहभागिहरुलाई जानकारी दिए । साथै उक्त कार्यक्रममा उत्कृष्ट समुहलाई पुरस्कृत गरिएको थियो ।

हाल ३४ जिल्लामा ४६ वटा शाखा कार्यालय मार्फत ३० हजार भन्दा बढी सदस्यहरुमा १ अर्व ६७ करोड लगानी गरि रु ६१ करोड बचत परिचालन गरेको छ ।

Ad